Saturday, June 13, 2020

सुदूरपश्चिममा १८८६ जना कोरोनाका सम्भावित संक्रमितको परीक्षण हुन बाँकी

धनगढी : सुदूरपश्चिम प्रदेशमा झण्डै १९ सय जना कोरोना सम्भावित संक्रमितको परीक्षण हुन बाँकी रहेको छ। प्रदेश स्वास्थ्य निर्देशनालयल डोटीका अनुसार शनिबार सम्म संकलन भएका एक हजारर ८ सय ८६ नमूनाको परीक्षण हुन बाँकी रहेको हो।

प्रदेशका नौ वटै जिल्लाबाट संकलन भएका ती नमूना परीक्षणको पर्खाइमा रहेका हुन्। प्रदेशमा सम्भावित संक्रमितको नमूना संकलनको काम भइरहेपनि एउटा मात्र प्रयोगशाला हुँदा ढिलाई भइरहेको हो।

प्रदेश सरकारले धनगढी सहित डोटी र बैतडीमा सञ्चालनमा ल्याउने भनिएको प्रयोगशालाका लागि उपकरण खरिदको प्रक्रिया थालिएको जनाएको छ भने संघिय सरकारले सुदूरपश्चिमका लागि थप तीनवटा पीसीआर मेसिन पठाउने चर्चा चलेपनि अहिले सम्म आएको छैन्।

धनगढी प्रयोगशालाबाट अहिले दैनिक झण्डै दुई सय ५० नमुना परीक्षण भईरहेको छ तर रिर्पोट पोजेटिभ देखिए पुनः परीक्षण गर्नुपर्ने भएकाले त्यो अनुपातमा समेत परीक्षण गर्न नसकिने प्रयोगशालाले बताउँदै आएको छ।

अहिले विभिन्न जिल्लाबाट संकलीत नमूनालाई प्रदेश जनस्वास्थ्य प्रयोगशालामा राखिएको छ। सुदूरपश्चिममा हाल सम्म आठ हजार ६ सय ७८ जनाको कोरोना परीक्षण गरिएको छ।

उनीहरु मध्ये दुई सय ५२ जनामा संक्रमण पुष्टि भएको छ भने तीन जना संक्रमित प्रदेश बाहिरका प्रयोगशालामा परीक्षण गर्दा भेटिएका थिए। 

Thursday, June 11, 2020

, जनकपुरधाम । प्रदेश नं. २ को धनुषामा एक युवक प्रहरी हिरासतभित्रै झुण्डिएको अवस्थामा फेला परेपछि अवस्था तनावग्रस्त भएको छ ।

, जनकपुरधाम । प्रदेश नं. २ को धनुषामा एक युवक प्रहरी हिरासतभित्रै झुण्डिएको अवस्थामा फेला परेपछि अवस्था तनावग्रस्त भएको छ । 

स्थानीयहरुले बरकुर्वा सडक अवरुद्ध गरी छानबिनको माग गर्दै प्रदर्शन गरेका हुन् । तोडफोड गरेपछि प्रहरीले एक राउण्ड आश्रुग्यास फायर समेत गरेका छन् । 
 

भीड र स्थितिलाई नियन्त्रणमा लिनको लागि आश्रुग्यास फायर गरिएको प्रहरीले जनाएको छ । स्थानीयहरु प्रहरी चौकीमा बाहिरैबाटै ढुँगामुढा गरेपछि बाहिर राखिएको भ्यानमा क्षति पुगेको हो ।

धनुषाको ईलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा रहेका सबैला नगरपालिका वडा नं. १२ बस्ने २४ बर्षिय शम्भु सदा मुसहर प्रहरी कार्यालयको शौचालयभित्र झुण्डिएको अवस्थामा मृत भेटिएपछि प्रहरीको गाडीमा तोडफोड गरिएको छ । 
 
प्रहरी हिरासतभित्रै मुसहर मृत भेटिएपछि घटना शंकास्पद रहेको भन्दै बाटो अवरुद्ध गरेर प्रदर्शन गरेको छ । सोही क्रममा ईलाका प्रहरी कार्यालय सबैलाको भ्यानमा तोडफोड समेत गरिएको छ । 

Sunday, June 7, 2020

पुनर्वास नगरपालिका वडा नं.११को रास्टीए माबिको कोरोन्टाइन मा थप २९जाना लाइ लैइएको छ एस्का साथै भारत बाट आएका नेपाली पर्बासी

पुनर्वास नगरपालिका वडा नं.११को राष्टि्माबि को कोरोन्टाइन मा थप २९जाना लाइ लैइएको छ एस्का साथै भारत बाट आएका नेपाली पर्बासी हरुको चाप बड्दैजादा बेबस्था पनमा समस्या देखा परेको छ??

काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले सुदूरपश्चिममा कोरोना भाइरसका सम्भावित संक्रमितको नमुना संकलनको स्थगित काम तत्काल सुरु गर्न माग गरेका छन् ।


काठमाडौं । नेपाली कांग्रेसका नेता एनपी साउदले सुदूरपश्चिममा कोरोना भाइरसका सम्भावित संक्रमितको नमुना संकलनको स्थगित काम तत्काल सुरु गर्न माग गरेका छन् । 

उनले आइतबार बिहान स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँग भेट गरी सुदूरपश्चिममा कोरोना भाइरसका सम्भावित संक्रमितको नमुना संकलनको स्थगीत काम तत्काल सुरु गर्न माग गरेका हुन् ।

Saturday, June 6, 2020

पुनर्वास नगरपालिका वडा नं.११ मा रहेको क्वारेन्टाइनमा आज

पुनर्वास नगरपालिका वडा नं.११ मा रहेको क्वारेन्टाइनमा आज बिहानको नास्ता स्वरुप २ क्रेट केरा र बिस्कुट सहयोग गर्नु भएकोमा पुनर्वास नगरपालिका वडा नं.११ निवासी बहिनी उत्तरा धामीलाई धन्यवाद ।


भएको थियो । म र एक जना भाइ मिलेर उनीहरुको चेकजाँचमा लागेका थियौँ । त्यो भाइले जाँच गरिरहेको थियो । म पुर्नवासका नागरिकलाई लाइन लगाइरहेको थिएँ ।


भएको थियो । 

म र एक जना भाइ मिलेर उनीहरुको चेकजाँचमा लागेका थियौँ । त्यो भाइले जाँच गरिरहेको थियो । म पुर्नवासका नागरिकलाई लाइन लगाइरहेको थिएँ । त्यतिबेला मैले पीपीईसहित अन्य व्यक्तिगत सुरक्षा सामग्री लगाएको थिइनँ । खालि मास्कको भरमा उनीहरुलाई लाइन लगाएर चेक गरिरहेका थियौँ । सायद त्यही मेरो गल्ती थियो । त्यो दिन आएका ६ जनामा कोरोना पोजेटिभ देखियो । उनीहरुबाटै मलाई सरेको हो जस्तो लाग्छ ।

त्यस दिन पोजेटिभ देखिएका दुई जनाले सीमामा सशस्त्र प्रहरीसँग विवाद गरेका थिए । मैले नै उनीहरुलाई सम्झाइ बुझाइ गरेर माहोल शान्त पारेको थिएँ । सीमा क्षेत्रमा र्यापिड टेस्ट बन्द भएपनि विभिन्न क्वरेण्टीनमा गएर र्यापिड टेस्ट र शङ्कास्पद बिरामीको स्वाब सङ्कलनको काम गरिरहेको थिएँ । जेठ १७ गते आफ्नो पनि स्वाब सङ्कलन गरेर पठाएँ । 

मङ्गलवार दिउँसो धनगढीमा रहेको मेडिकल ल्याब एसोसिएसन अफ नेपालको कार्यालयमा छलफल थियो । त्यस संस्थाको कञ्चनपुर जिल्ला सदस्य भएकोले छलफलको लागि म धनगढी आएको थिएँ । प्रयोगशालामा चेकजाँच गरिरहेकाहरुसँग चिनजान र मित्रता थियो । आफू पोजेटिभ भएको जानकारी पाएपछि सुरुमा विश्वास लागेन । तर केही डर लाग्यो । मन खिन्न भयो । अब जे भएपनि भइहाल्यो भन्दै त्यसपछि आफैँले मोटरसाइकल चलाएर सेती अस्पतालतर्फ हानिएँ ।

मैले स्वाब सङ्कलन गरेकामध्ये चार जनामा कोरोना पुष्टि भएको खबर सुनेँ । स्वाब सङ्कलनकै क्रममा कोरोना सरेको होला जस्तो मलाई लाग्दैन । किनकि त्यतिखेर मैले व्यक्तिगत सुरक्षा सामग्री प्रयोग गरेको थिएँ । सतर्कता पनि अपनाएको थिएँ । तर सीमामा सयौँको भिड भएकाले त्यही नै केही गडबडी भएको जस्तो लाग्छ । 

दिनभरि काम गरेर साँझ सधैँ म घर जान्थेँ । घरमा दुई छोरी र श्रीमती छन् । सेती अस्पतालमा स्वास्थ्यकर्मीका लागि छुट्टै वार्ड छ । यहीँ बसेको छु । तर ममा कोरोना पुष्टि भएपनि कुनै लक्षण देखिएको छैन । परिवारको चिन्ता लागिरहेको छ । छिट्टै कोरोनालाई जित्छु ।

(कञ्चनपुर जिल्लामा कार्यरत सङ्क्रमित स्वास्थ्यकर्मीसँगको कुराकानीमा आधारित)